आजबाट 'ए डिभिजन लिग' सुरु, विजेताले ७५ लाख पाउने

काठमाडौं: शहीद स्मारक 'ए डिभिजन लिग' फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। आजको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्नेछन्।
दशरथ रङ्गशालामा खेल साँझ ५ः३० बाट सुरु हुनेछ। तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। यसपटक दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा लिग आयोजना हुनेछ।
यस पटकको लिगमा कुल १८२ खेल हुनेछ। विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।
फेयर प्ले टोलीले पुरस्कारबापत तीन लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र
सर्वोत्कृष्ट गोलकिपरले दुई-दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्।
प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ।
हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
फागुन १९, २०७९ शुक्रबार ०९:३५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।