लिग २ : पीएनजीसँग भिड्दै नेपाल

लिग २ : पीएनजीसँग भिड्दै नेपाल

काठमाडौं: यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र पीएनजी भिड्दैछन्। त्रिदेशीय शृङ्खलामा यो नेपालको तेस्रो खेल हो।

यसअघि सोमबार पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो। यूएईसँग भने नेपाल ६८ रनले हारेको थियो।

आजको खेल नेपाली समयअनुसार बिहान ११:४५ बाट सुरु हुनेछ।

हाल नेपाल लिग २ को अङ्क तालिकामा ३० खेलमा १३ जित र १५ हारसहित छैटौँ स्थानमा छ।

फागुन १९, २०७९ शुक्रबार ०९:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।