कोपा डेल रे : आत्मघाती गोलको मद्दतमा बार्सिलोनाले रियललाई हरायो

कोपा डेल रे : आत्मघाती गोलको मद्दतमा बार्सिलोनाले रियललाई हरायो

एजेन्सी: आज बिहान सम्पन्न 'एल क्लासिको' अर्थात् बार्सिलोना र रियल मड्रिडबीचको खेलमा बार्सिलोना विजयी भएको छ। कोपा डेल रे प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना १-० गोलअन्तरले विजयी भएको हो।

बार्सिलोनाको जितमा रियल मड्रिडका खेलाडी इडर मिलिटाओको आत्मघाती गोल नै निर्णायक रह्यो। उनले २६औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। सुरुमा गोललाई अफसाइड दिइए पनि पछि भीएआरले नतिजा उल्ट्याएको थियो।

खेल मड्रिडले नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा नतिजा बार्सिलोनाको पक्षमा गएको हो।

अब बार्सिलोना र रियल मड्रिड अप्रिल ५ मा पुनः भिड्ने छन्। उक्त खेलले फाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउने छ।

फागुन १९, २०७९ शुक्रबार ०८:०४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।