
एड्भेन्चर रेडी फिचर सहितको नयाँ संस्करणको नेक्स्ट–जेन फोर्ड एभरेस्ट नेपाली बजारमा

काठमाडौँ : जी.ओ. अटोमोबाइल्स प्रालि (जी ओ फोर्ड) ले नेपाली बजारमा नेक्स्ट जेन फोर्ड एभरेस्ट भित्र्याएको छ। कम्पनीले थप परिष्कृत गरिएको एड्भेन्चर रेडी फिचर सहितको नयाँ संस्करणको फोर्ड भित्र्याएको हो।
जी.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेक्स्ट जेन फोर्ड एभरेस्ट उत्कृष्ट क्षमताहरूका साथ प्रभावशाली सुविधायुक्त असल एसयुभी रहेको बताए।
'यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरूले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ। यसको परिष्कृत मूल्यले नेक्स्ट–जेन एभरेस्ट धेरै नयाँ ग्राहकहरूको इच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ,' उनले भनेका छन्।
बाहिरबाट शक्तिवान्, भित्री आरामदायी
नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू रहेको कम्पनीको भनाई छ।
दोस्रो र तेस्रो पङ्क्तिको सिटहरू सुरक्षित रहेको र लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन रहेको छ। फोर्डको ग्लोबल डिजाइन डिएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुने कम्पनीको भनाई छ।
नेक्स्ट–जेन फोर्ड एभरेस्ट आकर्षित र साहसिक यात्राको लागि केन्द्रीय क्षमताको साथ डिजाइन गरिएको कम्पनीको दाबी छ। यसमा सात जना सम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षा दिने कम्पनीको दाबी छ।
ग्राहक केन्द्रित प्रविधि
यसमा ठुलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्रेड टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल जडान गरिएको छ।
ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको नेक्स्ट–जेन एभरेष्टले यात्रुलाई सुरक्षित राख्ने कम्पनीको दाबी छ।
एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्ने र स्टप एन्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
'चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ। अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन्,' विज्ञप्तिमा भनिएको छ।
ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन–रोड र अफ–रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिने तथा कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनेहरूका लागि दुई वटा फोर–ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफ–रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेंशियल, दुई फंक्शनल टो हुक अपफ्रन्ट साथै एक्सेसरीजका लागि अपफिटर स्विचको विकल्पसहित नेक्स्ट–जेन एभरेस्ट जान तयार गरिएको कम्पनीको भनाई छ।
दुई–स्पिड इलेकट्रोनिक सिफ्ट–अन–द–फ्लाई, ट्रान्सफर केसका साथै स्थायी चार–पाङ्ग्रे ड्राइभ प्रणालीसँगै चयन गर्न मिल्ने ड्राइभ मोडहरू इलेकट्रोनिक रूपमा नियन्त्रित अन–डिमान्ड दुई–स्पिड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस प्रयोग गरिएको छ।
एभरेष्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउनुका साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ।
'एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन्' विज्ञप्तिमा भनिएको छ।
नेक्स्ट–जेन फोर्ड एभरेष्टमा आठ सय एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ।
फागुन १८, २०७९ बिहीबार २१:५७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।