युएइलाई हराउँदै यू–१९ विश्वकपमा छनौट भयो नेपाल

काठमाडौं : नेपालले युएईमाथि ७ रनको जित निकाल्दै हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। नेपाल अर्को वर्ष श्रीलङ्कामा हुने प्रतियोगिताका लागी छनोट भएको हो।
नेपालले सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो। नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको युएइले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्र जोड्न सफल भयो।
यूएईको अजमानमा भएको प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गरेको थियो। नेपालले देव खनालको अर्ध शतक सहयोगमा ४८.५ ओभरमा अलआउट भएर १ सय ९१ रन जोडेको थियो।
फागुन १८, २०७९ बिहीबार १८:२०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।