
आइतबार २९ असार, २०८२
डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ सहयोग प्रदान

काठमाडौं : डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउनका लागि काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ, डाबर नेपालले यो रकम प्रदान गरेको हो।
एक कार्यक्रमबीच डाबर नेपालकी अध्यक्ष तथा प्रवन्ध निर्देशक श्रीमती इश्वरी राणाले उक्त रकम बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेकी छन्।
फागुन १८, २०७९ बिहीबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।