म्यानचेष्टर युनाइटेडले जित्यो काराबाओ कप, ६ वर्षदेखिको उपाधि खडेरी तोडियो

म्यानचेष्टर युनाइटेडले जित्यो काराबाओ कप, ६ वर्षदेखिको उपाधि खडेरी तोडियो

एजेन्सी: न्युकासललाई हराउँदै म्यानचेष्टर युनाइटेडले काराबाओ कपको उपाधि जितेको छ। गए राति सम्पन्न फाइनल खेलमा न्युकासललाई २-० गोलअन्तरले हराउँदै म्यानचेष्टरले उपाधि हात पारेको हो।

म्यानचेष्टरको जितमा कासिमिरोले खेलको ३३औँ मिनेटमा गोल गरेका थिए। यस्तै खेलको ३९औँ मिनेटमा मार्कस र्यासफोर्डले गोल गरेर २-० को स्थितिमा पुर्याए। उक्त गोललाई सुरुमा स्भेन बोटम्यानको आत्मघाती गोल ठानिएको थियो।

योसँगै प्रशिक्षक एरिक टेन हागको नेतृत्त्वमा म्यानचेष्टरले ६ वर्षदेखिको उपाधि खडेरी तोडेको छ। यसअघि सन् २०१७ मा जोसे मोरिन्होको प्रशिक्षणमा म्यानचेष्टरले युरोपा लिग जितेको थियो।

फागुन १५, २०७९ सोमबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।