अल नासरको लागि रोनाल्डोको दोस्रो ह्याट्रिक

एजेन्सी: साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोले फेरि ह्याट्रिक गरेका छन्। दमाकविरुद्धको खेलमा उनले एक्लैले तीन गोल प्रहार गर्दै अल नासरलाई ३-० को जित दिलाएका छन्।
अल नासरको लागि यो रोनाल्डोको व्यक्तिगत दोस्रो ह्याट्रिक हो। ३८ वर्षीय रोनाल्डो तीन वटै गोल पहिलो हाफमा गरेका हुन्। उनले खेलको १८औँ मिनेटमा पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए। त्यसपछि २३औँ मिनेट र ४४औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका हुन्।
योसँगै रोनाल्डोले अल नासरको लागि खेलेको ६ खेलमा आठ गोल गरिसकेका छन्। यस्तै उनको नाममा दुई असिस्ट पनि छ।
फागुन १४, २०७९ आइतबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।