तीन दलको बैठक बिना निष्कर्ष सकियो, भोलि कांग्रेससहित चार दलको बैठक बस्ने

काठमाडौं : राष्ट्रपतिको विषयमा सहमति जुटाउन बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचको बैठक बिना निष्कर्ष सकिएको छ।
बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिको विषयमा कुनै टुंगो नलगाेपछि भोलि (शुक्रबार) बिहान फेरि कांग्रेससहित चार दलको बैठक बस्ने नेताहरूले बताएका छन्।
भोलि फेरि कांग्रेससँगको छलफलपछि मात्रै सबै कुराको टुंगो लाग्नसक्ने बताइएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहालले भने भाेलि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि फेरि छलफल गर्ने बताएका छन्।
फागुन ११, २०७९ बिहीबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।