राष्ट्रपतिको विषयमा आज कुनै टुंगो लागेन, प्रचण्ड भन्छन्- ‘भोलि फेरि ओलीजीसँग कुरा गर्छु’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा आज कुनै टुंगो नलागेको बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका नेताहरूसहितको तीन दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फेरि छलफल गर्ने बताए।
राष्ट्रपतिका विषयमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘छलफल चलिराखको छ, फाइनल भइसक्या छैन, भोलि एमाले अध्यक्षसँग पनि भेट्छु।’
उनले पुरानो गठबन्धन ब्युँताउने बारेमा पनि केही टुंगो नभएको र सबैसँग छलफल जारी रहेको प्रतिक्रिया दिए।
फागुन ११, २०७९ बिहीबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।