सिंहदरबारमा कांग्रेसका नेता नराखी तीन दलको बैठक

सिंहदरबारमा कांग्रेसका नेता नराखी तीन दलको बैठक

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपतिबारे सहमति जुटाउन सिंहदरबारमा कांग्रेसका नेताहरू नराखी तीन दलका नेताहरू छलफलमा जुटेका छन्। सिंहदरबारमा रहेको माओवादीको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र एकीकृत समाजवादी र जनता समाजवादीका पहिलो र दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन्।

यस अगाडि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग एक्ला एक्लै छलफल गरेका थिए। नेपालले समेत राष्ट्रपतिमा आकाङ्क्षा देखाएका थिए। उता नेपाली कांग्रेसले राष्ट्रपतिमा चासो राखिराखेको छ।

नेपालसँगको छलफलको विषय सार्वजनिक भएको छैन। प्रचण्डसँग छलफल गरेर बाहिरिएका यादवले आफ्नो दललाई उपराष्ट्रपति दिन प्रचण्ड सकारात्मक रहेको कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताएको जानकारी दिएका थिए।

राष्ट्रपतिको मनोनयनको मिति नजिकिएसँगै दलहरूबिच सहमतिका लागि समूह र एक्ला एक्लै छलफल भइराखेको छ। तर सहमति हुन सकेको छैन।

फागुन ११, २०७९ बिहीबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।