बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज लिएको भन्दै पोखराका व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज लिएको भन्दै पोखराका व्यवसायी सडकमा

पोखरा : पोखराका उद्योगी र व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको विरुद्धमा सडकमा उत्रिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिएर व्यवसायीहरुलाई तनाव दिएको भन्दै उनीहरुले बिहीबार पोखराको चिप्लेढुंगामा सडक नै बन्द गरेर विरोध प्रर्दशन गरेका हुन्। 

पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको अगुवाइमा भएको विरोध प्रदर्शनमा विभिन्न बस्तुगत संघहरूसँग आवद्ध तीन दर्जन भन्दा बढी व्यवसायीक संघसंस्था सहभागी थिए।  

व्यवसायीहरुले आर्थिक तरलताका कारण व्यापार व्यवसाय ठप्प भएको बेला बैंकले ब्याजदर बढाउँदै कर्जा चुक्ता गर्न अनावश्यक दवाब दिएकोले बाध्य भएर विरोधमा उत्रिनुपरेको बताएका छन्।

व्यवसायीसँग बैंक तथा वित्तीय संस्थाहरुले एक अंकमा सहमति गरेर लिएको ऋणको ब्याज एकतर्फी बढाएर १८ प्रतिशतसम्म पुर्याएकाले बाध्य भएर आन्दोलमा उत्रिनुपरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए। 

फागुन ११, २०७९ बिहीबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।