नेपालगन्जमा नेपाल फोटोग्राफी समिट हुँदै

नेपालगन्जमा नेपाल फोटोग्राफी समिट हुँदै

काठमाडौं : नेपालगन्जमा चैतको पहिलो साता नेपाल फोटोग्राफी समिटको आयोजना हुने भएको छ। अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरबाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरू सहभागी हुने आयोजकले जानकारी दिएका छन्।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले तेस्रो नेपालगन्ज फोटो फेस्टिभलको सन्दर्भ पारेर समिटको आयोजना गर्न लागिएको बताए।

समिटका अवसरमा अन्तरक्रिया, समूह छलफल, फोटोग्राफीका चुनौतीहरूबारे कार्यपत्र प्रस्तुति, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरू आयोजना हुने उनले बताए।

समिटमा ११ जना अग्रज फोटो पत्रकार र फोटोग्राफर विशेष अतिथिको रूपमा सहभागी हुँदै छन्। 

फागुन ११, २०७९ बिहीबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।