चक्रपथ विस्तारका लागि विद्युत प्राधिकरणको पोलकै कारण कुनैपनि समस्या छैन : कुलमान घिसिङ

चक्रपथ विस्तारका लागि विद्युत प्राधिकरणको पोलकै कारण कुनैपनि समस्या छैन : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको बताएका छन्।

बिहीवार दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदुत छन सङसँगै घिसिङ पनि त्यहाँ पुगेका थिए।

निरीक्षणपछि उनले भने, ‘अब यो रिङरोड विस्तारको कलंकी चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौं। एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिन जति लाग्छ।’

‘विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ विस्तारको लागि समस्या छैन,’ उनले थपे।

त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटरको दोस्रो चरणको काम अब शुरु हुन लागेको बताइन्।

फागुन ११, २०७९ बिहीबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।