माधव नेपालसँगको भेटपछि राष्ट्रपतिको विषयमा प्रचण्डले भने- ‘छलफल जारी छ, अझै फाइनल भएको छैन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल जारी रहेकाले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर अझै फाइनल नभइसकेको बताएका छन्।
प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा आजै छलफल भएको थियो।
सिंहदरबारमा भएको भेटवार्तापछि प्रधानमन्त्री दाहालले दलहरूबीचको छलफल जारी रहेकोले यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताए।
फागुन ११, २०७९ बिहीबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।