तोलामा पाँच सयले घट्यो सुनको मूल्य, चाँदी १० रुपैयाँले सस्तियो

तोलामा पाँच सयले घट्यो सुनको मूल्य, चाँदी १० रुपैयाँले सस्तियो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ५०० तोकिएको छ। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा एक लाख दुई हजार तोकिएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी एक हजार २८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

फागुन ११, २०७९ बिहीबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।