आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

काठमाडौं: आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी रु ६ करोड २३ लाख ३८ हजारको ३२.६२५ प्रतिशत अर्थात रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार ११७ कित्ता शेयर कर्मचारी तथा १० हजार १७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार ७५५ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ।

निष्काशित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ् प्रदान गरेको छ।

फागुन ११, २०७९ बिहीबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।