'केपी ओली कप' आजदेखि सुरु, पहिलो खेलमा पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने

काठमाडौं: केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनशिप आजबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्।
उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट सुरु हुनेछ। उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।
प्रतियोगितामा 'ए' डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
फागुन ११, २०७९ बिहीबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।