एकीकृत समाजवादीले राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

काठमाडौं: एकीकृत समाजवादीले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिक लगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धिविरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्त्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
बैठकमा वाम एकताका प्रयास, सङ्गठन सुदृढिकरणका प्रतिवेदन, प्रशिक्षक प्रशिक्षणको अवस्था, प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइएको थियो।
क्रमिक रूपमा दुवै पार्टीका दोस्रो पुस्ताका नेताबीच भइरहेका वार्ताको सार संक्षेप बैठकमा प्रस्तुत गरिएको थियो।
फागुन १०, २०७९ बुधबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।