एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्न गगन थापाको माग

काठमाडौं: लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद गगन थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन्।
थापाले लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको पनि बताए।
साथै उनले एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
“अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहकहरू, सुपरीवेक्षण गर्ने राष्ट्र बैंकका कारण यो अवस्था देखिएको हो”, उनले भने।
फागुन १०, २०७९ बुधबार १५:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।