एक महिनापछि पुनः बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं: बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ। गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि पुनः बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको हो।
बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। माघ १० गते मङ्गलबार दिउँसो ५.९ रेक्टरको भूकम्प गएको थियो।
भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ र अछाममा पनि महसुस गरिएको छ। भूकम्पको धक्कापछि स्थानीय त्रसित बनेका छन्। भूकम्पबाट प्रभावित बाजुराका पीडितहरूको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि स्थानीय थप प्रभावित भएका छन्।
भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ।
फागुन १०, २०७९ बुधबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।