संगठनको अभिलेख पठाउन जसपाले काट्यो पत्र

संगठनको अभिलेख पठाउन जसपाले काट्यो पत्र

काठमाडौं: जनता समाजवादी पार्टी, (जसपा) नेपालले संगठनको अभिलेख संकलन गर्न मातहत समितिलाई पत्र काटेको छ। सोमबार सम्पन्न बैठकको निर्णयअनुसार पार्टीका संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र संगठनलाई अभिलेखको माग गर्दै बुधबार पत्र काटेका हुन्।

‘पार्टीमा आबद्ध सम्पूर्ण पार्टी सदस्यहरूको अभिलेख पार्टीको अन्तरिम विधानको अनसूची ६ को ढाँचामा मातहत रहेका प्रमाणित अभिलेख मिति २०७९ फागुन मसान्तभित्र केन्द्रीय संगठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिहरूलाई अनरोध गर्दछु', संगठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ।

अभिलेखका आधारमा पार्टीले चैत्र मसान्तमा हुने विधान अधिवेशनको लागि प्रतिनिधिको सङ्ख्या र मापदण्ड तय गर्ने छ।

फागुन १०, २०७९ बुधबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।