म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा फर्कियो, लिडर आर्सनल ३-१ ले पराजित

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा फर्कियो, लिडर आर्सनल ३-१ ले पराजित

एजेन्सी : डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पुनः इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।

लिडर आर्सनललाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी गत नोभेम्बरपछि पहिलो पटक लिगको पहिलो स्थानमा रहन सफल भएको हो।

आर्सनललाई उसकै घरेलु मैदान इमिरेट्स स्टेडियममा हराउन सिटीले दोस्रो हाफमा सानदार खेल देखायो। 

केभिन डे ब्रुएनले गाोल गर्दै खेलको २४औं मिनेटमा सिटीलाई १-० को अग्रता दिलाएका थिए। तर ४२औं मिनेटमा बुकायो साकाको पेनाल्टी गोलमार्फत आर्सनलले बराबरी गोल फर्कायो।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा सिटीले सानदार खेल देखायो। खेलको ७२औं मिनेटमा ज्याक ग्रेलिस र ८२औं मिनेटमा हालान्डले गोल गर्दा सिटीले ३-१ को जित निकाल्यो।

यो जितपछि २३ खेलबाट सिटीको आर्सनलको जति नै ५१ अंक भएको छ भने गोल अन्तरको आधारमा सिटीले पहिलो स्थानमा कब्जा जमायो। आर्सनलले भने सिटीभन्दा एक खेल कम खेलेको छ।

फागुन ४, २०७९ बिहीबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।