अल हिलाललाई हराउँदै रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

अल हिलाललाई हराउँदै रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि
तस्बिरहरू: रियल मड्रिड डटकम

एजेन्सी: फिफा क्लब विश्वकपको उपाधि रियल मड्रिडले जितेको छ। यो रियल मड्रिडको पाँचौँ क्लब विश्वकपको उपाधि हो।

शनिबार राति सम्पन्न फाइनल खेलमा साउदी अरेबियन क्लब अल हिलाललाई स्पेनिस क्लब मड्रिडले ५-३ गोलअन्तरले पराजित गरेको हो।

मड्रिडको जितमा भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई-दुई गोल गरे। यस्तै करिम बेञ्जिमाको नाममा एक गोल रह्यो।

भिनिसियसले १३औँ र ६९औँ मिनेटमा गोल गरेका थिए। भाल्भर्डेले १८ र ५८औँ मिनेटमा गोल गरेका थिए। यस्तै बेञ्जिमाले ५४औँ मिनेटमा गोल गरेका थिए।

यता अल हिलालका लागि लुसियानो भिट्टोले दुई गोल (६३ र ७९औँ मिनेटमा) गरे। मोउसा मरेगाले एक गोल (२६औँ मिनेटमा) गरे।

यस्तै क्लब विश्वकपको तेस्रो स्थान ब्राजिलियन क्लब फ्लामेन्गोले हासिल गर्यो। इजिप्सियन क्लब अल अहलीलाई ४-२ गोलअन्तरले हराउँदै फ्लामेन्गो तेस्रो भएको हो।

माघ २९, २०७९ आइतबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।