युवाहरू विदेशीने अवस्थाको अन्त्यका लागि नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरू विदेशीने अवस्थाको अन्त्यका लागि नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जाेड दिएकी छन्।
सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले यसका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
‘कामका लागि युवाहरू विदेशीने अवस्थाको अन्त्य गर्न कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको छ,’ उनले भनिन्।
साथै गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीले बताइन्।
माघ २७, २०७९ शुक्रबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।