फिल्म 'लियो'को टिजर सार्वजनिक, विजय थलापतिको दमदार एक्सन अवतार

फिल्म 'लियो'को टिजर सार्वजनिक, विजय थलापतिको दमदार एक्सन अवतार

काठमाडौं: दक्षिण भारतीय सुपरस्टार थलापति विजयको फिल्म 'लियो: ब्लडी स्वीट'को टिजर सार्वजनिक भएको छ। टिजरमा विजय पूरै एक्सन अवतारमा देखिएका छन्।

यो प्यान इण्डिया फिल्म हो। प्यान इण्डिया भनेको हिन्दीसहित बहुभाषामा डब गरिएको क्षेत्रीय भारतीय सिनेमा हो।

लोकेश कनगराजको निर्देशनमा बनेको चलचित्रमा सञ्जय दत्त समेत हुनेछन्। निर्देशक कनगराजको पछिल्लो फिल्म 'विक्रम' हो। उक्त फिल्मले ४०० करोड भारु कमाइ गरेको थियो।

लियोको टिजरमै उत्कृष्ट ब्याकग्राउण्ड म्युजिक, छायाङ्कन तथा सम्पादन देखिएको छ।

यस्तो छ टिजर

माघ २१, २०७९ शनिबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।