क्यानडामा फेला परेको आदिवासी बालबालिकाको चिहान ‘नरसंहार’ को प्रमाण भएको इरानको दावी

एजेन्सी: क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ (नरसंहार) को प्रमाण भएको इरानले बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेभसाइटमा प्रकाशित एक वक्तव्यमा चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको सङ्केत गरेको उल्लेख गरेका छन्।
उनले भने, “यो ‘भयानक’ अपराध भएको छ।”
विलियम्स लेक फर्स्ट नेशन (डब्लुएलएफएन) ले गत बुधबार एक पत्रकार सम्मेलनमा ब्रिटिस कोलम्बियाको एक पूर्व आवासीय विद्यालयमा थप ६६ वटा चिहान फेला परेको घोषणा गरेको थियो। सन् २०२१ को मे महिनामा ९३ वटा चिहान फेला परेका पूर्व सेन्ट जोसेफ मिसन आवासीय विद्यालयमा नयाँ खोजसँगै हालसम्म १५९ वटा चिहान फेला परेका छन्।
माघ १६, २०७९ सोमबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।