विश्वविजेता अर्जेन्टिनाको यू- २० टोली विश्वकपमा छनोट हुनै सकेन

विश्वविजेता अर्जेन्टिनाको यू- २० टोली विश्वकपमा छनोट हुनै सकेन

एजेन्सी: अर्जेन्टिनाको सिनियर टोलीले यस संस्करणको विश्वकपको उपाधि जित्दा उमेर समूहको टोली भने विश्वकपमा छनोट नै हुन सकेन। गए राति सम्पन्न अर्जेन्टिना र कोलम्बियाको २० वर्षमुनिका टोलीबीचको खेलमा अर्जेन्टिना १-० गोलअन्तरले पराजित भएपछि विश्वकपमा छनोट हुन नसकेको हो।

यू- २० विश्वकप यही वर्ष इण्डोनेसियामा हुँदैछ। यसैको छनोट खेलअन्तर्गत गए राति भएको खेलमा अर्जेन्टिना पराजित भएको हो।

अर्जेन्टिनाको यू- २० टोलीले आफ्नो पहिलो र अन्तिम दुवै खेलमा पराजय व्यहोर्यो। पूर्वी अर्जेन्टाइन खेलाडी जाभियर मास्केरानोको प्रशिक्षणमा मैदानमा उत्रिएको टोलीले गए रातिको खेलमा अधिकांश समय बल पोजेजन कायम राखेको थियो। यद्यपि, अर्जेन्टिनाले गोल गर्न भने सकेको थिएन।

विश्वकप छनोटको समूह चरणको खेलमा समूह 'ए'मा रहेको अर्जेन्टिनाले आफ्नो समूहमा ब्राजिल, कोलम्बिया र पाराग्वेसँग हार व्यहोर्दा पेरुविरुद्ध जित हात पारेको थियो।

माघ १४, २०७९ शनिबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।