२०१९ र २०२० को साउदी सुपर कप च्याम्पियन अल नासर रोनाल्डोको आगमनसँगै प्रतियोगिताबाट बाहिरियो

२०१९ र २०२० को साउदी सुपर कप च्याम्पियन अल नासर रोनाल्डोको आगमनसँगै प्रतियोगिताबाट बाहिरियो

एजेन्सी: अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ। पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आबद्ध टोली अल नसरअल इतिहादसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो।

गए राति सम्पन्न सेमिफाइनल खेलमा अल इतिहाद ३-१ गोलअन्तरले विजयी भयो। विजेता टोली इतिहादको लागि रोमारिन्होले १५ मिनेटमा, अब्देराजाक हाम्दाल्लाहले ४३ मिनेटमा र महन्नद अल शानक्विटीले दोस्रो हाफको अतिरिक्त समयमा एक-एक गोल गरेका थिए।

अल नासरको तर्फबाट टालिस्काले ६७औँ मिनेटमा एक गोल फर्काएका थिए। पाँच पटकको बलोन डी ओर विजेता रोनाल्डोले पाएको थुप्रै अवसर गुमाए। उनको प्रहार अधिकांश समय डिफेन्सले क्लियर गरिदिएको थियो।

यसअघि अल नासरले साउदी सुपर कपको सन् २०१९ र २०२० को उपाधि जितेको थियो। तर सुपरस्टार खेलाडी भित्र्याएको बेला र रोनाल्डोको दोस्रो खेलमै अल नासर प्रतियोगिताबाट बाहिरियो।

अब अल नासरले आगामी खेल अल फतेहविरुद्ध साउदी प्रो लिगमा फेब्रुअरी ३ मा खेल्नेछ।

माघ १३, २०७९ शुक्रबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।