साइन बाइक र ग्राजिया स्कुटर किन्दा होण्डामा नयाँ अफर

काठमाडौं : होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना साइन र ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरू दिने भएको छ।
योजना अनुसार, ग्राहकले अडर्र गरेको साइनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन्। तोकिएको समयभित्र पार्टस् नआए ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन्।
छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रूपमा रहेको छ।
यस्तै, ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले केवल १ रूपैयाँमा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन्। ग्राहकले न्यूनतम खर्चमा सेवा पाउने कम्पनीको विश्वास छ।
माघ १०, २०७९ मंगलबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।