
मंगलबार ०३ भदौ, २०८२
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा खस्यो १४ मत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्।
शुक्रबार प्रदेशसभा बैठकमा ३९ सांसद् उपस्थित भएकोमा मुख्यमन्त्री शर्माको पक्षमा २५ मत खस्दा विपक्षमा १४ मत पर्याे।
शर्माकाे पक्षमा माओवादी केन्द्रका १३, एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसद्ले मत हालेका हुन्। विपक्षमा नेपाली कांग्रेस उभियाे।
शर्माले मुख्यमन्त्री नियुक्त भएको दशौं दिनमा विश्वासको मत पाएका हुन्।
माघ ६, २०७९ शुक्रबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।