राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्।
पार्टी विधान बमोजिम संसदीय दलका नेतासमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनित गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
पार्टी प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य हुन्।
माघ ४, २०७९ बुधबार ११:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।