यती एयरलाइन्सले गर्याे भोलिका सबै उडान रद्द

काठमाडौं। यती एयरलाइन्सकाे भोलि (साेमबार) हुने भनिएकाे निर्धारित सबै उडान रद्द भएकाे छ। एयरलाइन्सले आज पाेखरामा भएकाे ९ एन एएनसी एटीसआर जहाजकाे दुर्घटनाको शोकमा सोमबार सबै उडान रद्द गरेकाे हाे।
यती एयरलाइन्सले साेमबारकाे आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको सूचना प्रकाशित गरेकाे हाे।
चालक दलका ४ सहित कुल ७२ यात्रु रहेकाे यती एयरलाइन्सकाे विमान आज पाेखराकाे सेती खाेँचमा दुर्घटना भएकाे थियाे। दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि नागरिक उड्डयन प्राधिकरणले गरिसकेकाे छ।
माघ १, २०७९ आइतबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।