सार्वजनिक बिदाको निर्णयले ताली हैन गाली खायो सरकारले, संवेदनशिल हुनुपर्नेमा लोकप्रियताको पछि लागेको भन्दै सञ्जालमा आलोचना

काठमाडौं : चालकदलसहित ७२ जना सवार यती एयरलाइन्सको ९ एन–एएनसी जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा सरकारले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्जालमा निर्णयको चर्को आलोचना भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मृतकहरुको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
कहिले हवाई त कहिले सडक दुर्घटना भइरहने भएकाले सरकारले शोक मनाउने भन्दै बिदा दिनु ठिक नभएको सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको मत छ।
शोक मनाउनु ठिक भए पनि सार्वजनिक बिदाको भने औचित्य नभएको भन्दै मन्त्रिपरिषद्को निर्णयको आलोचना भइरहेको छ।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय गङ्गालाल ह्रदयरोग केन्द्रका चिकित्सक डा रामेश कोइरालाले त सोमवार सात जनाको मुटुको अप्रेशन गर्नुपर्ने भन्दै बिदाले त्यसमा असर पर्ने लेखेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै लेखेका छन्' ए प्रचण्डजी हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि सात वटा मुटुका अपरेसन क्यान्सिल गर्नु पर्छ। भएन सर, पटक्कै भएन।'
ए प्रचण्डजी @PM_nepal_ हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि सातवटा मुटुका अपरेसन क्यान्सिल गर्नु पर्छ। भएन सर, पटक्कै भएन।😏
— रामेश (@RaameshKoirala) January 15, 2023
क्यान्सरको उपचार गराइरहेकी लेखिका अमृता लम्सालले लेखेकी छिन्' आज पनि अस्पताल आधा छुट्टी; भोलि पनि ?
मृतकको परिवारलाई छुट्टीले सान्त्वना दिन्छ कि, शव पहिचान गर्न सक्दो छिटो पोस्टमार्टम र अन्य सहयोगले ?
शोकको यो घडीमा उहाँहरूलाई सकेको सहयोग गर्नुपर्ने होइन र?'
आज पनि अस्पताल आधा छुट्टी; भोलि पनि ?
— Amrita Lamsal امریتا لمسال (@AmritaLamsal) January 15, 2023
मृतकको परिवाारलाई छुट्टीले शान्त्वना दिन्छ कि, शव पहिचान गर्न सक्दो छिटो पोस्टमार्टम र अन्य सहयोगले ?
शोकको यो घडीमा उहॉहरूलाई सकेको सहयोग गर्नुपर्ने होइन र ? https://t.co/CjO9KdXra1
पत्रकार स्वरूप आचार्यले विमानहरूको परीक्षणको सट्टा बिदाको निर्णय गरेको भन्दै असन्तोष व्यक्त गरे।
उनले ट्विट गरेका छन्' बिदा दिनुको साटो यति एयरलाइन्सका सबै विमानहरूको सम्पूर्ण स्वतन्त्र प्राविधिक अडिट नसकिएसम्म ग्राउण्डेड गर्ने निर्णय गर्नुपर्थ्यो जस्तो लाग्छ । तर अपसोच...।'
विदा दिनुको साटो यति एयरलाइन्सका सबै विमानहरुको सम्पूर्णरुप स्वतन्त्र प्राविधिक अडिट नसकिएसम्म ग्राउण्डेड गर्ने निर्णय गर्नुपर्थ्यो जस्तो लाग्छ । तर अफसोच... #RIP
— Swarup Acharya (@swarupbaba) January 15, 2023
व्यवसायी सुशील थापा लेख्छन्' शोक बिदा सरकारी कर्मचारी लाई तास खेल्न लाई हो ? #बेवकुफहरू।'
उनले दोस्रो ट्विट गर्दै लेखे' बिदा ले समस्या को समाधान हुँदैन
मर्मत सम्भार, गाइडलाइन को पालना, ट्रेनिङ र लापरबाही को छड्के जाँच, ईन्युरेन्स् दाबी मा मिलेमतो नहुने र जाँचबुझ समिति को विवरण पारदर्शी बनाइने हो भने यस्ता खाले दुर्घटना पटक पटक एउटै कम्पनी को मात्र भई राख्ने पक्कै कम हुन्छ।'
बिदा ले समस्या को समाधान हुदैन
— Sushil Thapa (@thapa_sushil) January 15, 2023
मर्मत सम्भार, गाईडलाईन को पालना, ट्रेनिङ्ग र लापरबाही को छड्के जांच, ईन्युरेन्स् दाबी मा मिलेमतो नहुने र जांचबुझ समिती को बिबरण परदर्शी बनाइने हो भने यस्ता खाले दुर्घटना पटक पटक एउटै कम्पनि को मात्र भै राख्ने पक्कै कम हुन्छ।
पत्रकार नारायण अमृत लेख्छन्' सबै दुर्घटनाहरू दुखद् हुन्। हवाई होस् या सडक होस्। दुर्घटनामा गुम्ने ज्यानहरू समान हुन्। राज्यले दुर्घटनाको कारण पहिल्याउने हो। दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने हो। सुरक्षित आकाश र सडकको प्रत्याभूति दिलाउने हो। तर बिदा दिएर के सन्देश दिन खोजिएको हो, बुझिएन।'
जहाज दुर्घटनामा मृत्यु भएका ६४ जनाको शव फेला परिसकेको छ।
सेती नदीको खोचबाट उद्धारको कार्य जारी छ। शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। सेती खोँचमा विमान खसेपछि ठुलो आगलागी भएको थियो।
काठमाडौँबाट बिहान १०.३३ बजे पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको उड्डयन प्राधिकरणले जनाएको छ।
माघ १, २०७९ आइतबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।