स्वतन्त्र पार्टीका सांसद्ले भने– ‘कहिलेकाहिँ राजनीति खास हुन्छ र त्यो ऐतिहासिक खास दिन आज हो’

स्वतन्त्र पार्टीका सांसद्ले भने– ‘कहिलेकाहिँ राजनीति खास हुन्छ र त्यो ऐतिहासिक खास दिन आज हो’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सन्तोष परियारले संसद्को ऐतिहासिक खास दिन भएको बताएका छन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने क्रममा संसदमा बोल्दै सांसद् परियारले कहिलेकाहिँ राजनीतिक खास हुने र त्यो दिन आज भएको बताए।

‘प्रक्रियागत रुपमा राजनीतिक उस्तै–उस्तै लाग्छ तर कहिलेकाहिँ राजनीति खास हुन्छ र त्यो ऐतिहासिक खास दिन आज हो,’ उनले भने, ‘आज सरकार बनाउने क्रममा प्रमुख प्रतिपक्षी दललेसमेत विश्वासको मत दिने भनेर इतिहासमा नजिर राखिदिएको छ, त्यो हाम्रो लोकतन्त्रको लागि सुनौलो भविष्य हुनेछ।’

आफूहरू विचारका लागि पनि नयाँ भएको भन्दै उनले लोकतन्त्रलाई प्रक्रिया मात्र नभएर व्यवहार भएको बताए। सरकारमा रहेर कस्तो काम गर्नुपर्छ भन्ने कुरा आफूले देखाइसकेको बताए।

पुष २६, २०७९ मंगलबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।