कञ्चनपुरबाट पेस्तोलसहित तीन भारतीय लुटेरा पक्राउ, दुई जना फरार

काठमाडौं: कञ्चनपुरको बेलौरीबाट तीन भारतीय लुटेरा पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियारसहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए।
पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ। “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उनले भने, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ।”
पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए।
पुष १६, २०७९ शनिबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।