कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी: कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य ५० जना घाइते भएका छन्।
घाइतको पूर्ण विवरण प्राप्त भएको छैन। पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो।
थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए। सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन्।
आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन्। तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन्।
पुष १४, २०७९ बिहीबार २१:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।