पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार पार्ने सत्ता गठबन्धनको निर्णय, संयोजक केपी शर्मा ओली

काठमाडौं : सत्ता गठबन्धनले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।
‘के का लागि र किन सरकारमा छौं भन्नेबारे जनतालाई स्पष्ट पार्नका लागि न्यूततम साझा कार्यक्रम ल्याउन लागेका हौं, त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको छ।’
न्यूनतम साझा कार्यक्रमका लागि हरेक राजनीतिक दलले एक–एक जना सदस्यलाई तोकेर फाइनल गर्ने निर्णय भएको उनले बताए।
यस्तै बैठकले मन्त्रीमण्डल विस्तारका सन्दर्भमा विषय विज्ञ र क्षमताका आधारमा मन्त्री बनाउने भन्नेबारे छलफल भएको बताए।
पुष १४, २०७९ बिहीबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।