अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउने अर्थमन्त्री पौडेलकाे आश्वासन

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउने अर्थमन्त्री पौडेलकाे आश्वासन

काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार संघको कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले भने, ‘अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन। समस्या धेरै छन्। यद्यपि, सावधानीपूर्वक अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं।’ 

आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिन रुपले हेर्ने गरेको उनकाे भनाइ थियाे। ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिए र अहिले सरकारमा बसेर विभिन्न क्षेत्रका सुझाव लिइरहेको छु। बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ। त्यसको महसुस मैले पनि गरिरहेको छु।’ पौडेलले भने।  

अहिले सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउनु भएकाले समस्यालाई ठीक ढंगले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्नुपर्ने उनले बताए।

पुष १३, २०७९ बुधबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।