मैत्रीपूर्ण खेलमा स्पेनी क्लब कासेरेन्योले गण्डकी ११ लाई ३-० ले हरायाे

मैत्रीपूर्ण खेलमा स्पेनी क्लब कासेरेन्योले गण्डकी ११ लाई ३-० ले हरायाे

पोखरा। पोखरा रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा स्पेनको कासेरेन्यो क्लब विजयी भएको छ। बुधबार भएको खेलमा स्पेनको बी डिभिजनको कासेरेन्यो क्लबले घरेलु टीम गण्डकी ११ लाई ३-० गोल अन्तरले पराजित गरेको हो।

खेलमा कासेरेन्यो क्लबको तर्फबाट कार्मीलो, मिचेल र बेर्मुले एक- एक गोल गरेको थिए। कासेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २-० को अग्रता लिएको थियो। पहिलो हाफदेखि नै खेलमा निकै हाबी भएको कासेरेन्योका खेलाडी कार्मीलोले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए।

पहिलाे गाेलकाे केही मिनेटमै स्पेनका पूर्व राष्ट्रिय खेलाडी मिचेलले डिबक्स भित्रबाट कासेरेन्योका लागि दोस्रो गोल गर्न सफल भए। त्यसपछि पुनः स्पेनकै खेलाडी बेर्मुले गरेको गोलसँगै खेल कासेरेन्यो क्लबले ३-० ले जित्याे।

गण्डकी ११ ले सुरुवातदेखि नै रक्षात्मक खेल खेलेको थियो। दोस्रो हाफमा गण्डकी ११ ले केही सधारिएकाे खेल देखाए पनि गाेल भने निकाल्न सकेन। अब बिहीबार कासेरेन्यो क्लबले काठमाण्ठौं ११ सँग खेल्ने छ।

पुष १३, २०७९ बुधबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।