आफ्ना सर्तहरू पूरा भए सरकारमा जाने राप्रपाको निर्णय

आफ्ना सर्तहरू पूरा भए सरकारमा जाने राप्रपाको निर्णय

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना सर्तहरू पूरा भएमा सरकारमा सहभागी हुने निर्णय गरेकाे छ। राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भएमा सरकारमा सहभागी हुने निर्णय गरेको हाे।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले सरकार समक्ष मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने, पुस २७ गतेकाे पृथ्वी जयन्तीकाे दिन सार्वजनिक विदा दिनुपर्ने लगायतका सर्त राख्ने तयारी गरेकाे छ।

यस्ता न्युनतम साझा कार्यक्रममा सहमति भएमा मात्र राप्रपा सरकारमा जाने श्रेष्ठले जानकारी दिए। नयाँ गठबन्धनकाे हिस्सा बनेर हालकाे सरकारलाई समर्थन गरेको राप्रपाले यसअघि सरकारमा नजाने निर्णय गरेकाे थियाे।

पुष १३, २०७९ बुधबार २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।