महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडाैं। अधिवक्ता दिनमणि पोखरेल नेपालको महान्यायाधिवक्ता नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्। 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा (५) को उपधारा (२) बमोजिम उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएकाे हाे।

पुष १३, २०७९ बुधबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।