सुरेन्द्रराज पाण्डे बने गण्डकीको कांग्रेस संसदीय दलको नेता

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशसभाकाे संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। भोजराज अर्याललाई १० मतले हराउँदै सुरेन्द्र निर्वाचित भएका छन्।
कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्। पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरका नेता हुन्।
पुष १३, २०७९ बुधबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।