अनुगमनका लागि राहदानी विभाग पुगे गृहमन्त्री लामिछाने

काठमाडाैं। भर्खरै गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने बुधबार अनुगमनका लागि राहदानी विभाग पुगेका छन्। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर उनले त्यहाँको अवस्थाकाे निरक्षण गरेका हुन्।
राहदानी लिनकाे लागि सेवाग्राहीले धेरै दुःख भाेग्नु परिरहेकाे समाचार सार्वजनिक भैरहेका छन्। प्रधानमन्त्री बने लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद्को पहिलो बैठकमा नै राहदानी र लाइन्सेन्स वितरणको समस्या सुल्झाउने बताएका थिए।
मंगलबार राहदानी विभागका अधिकारीहरुलाई बोलाएर समस्याकाे बारेमा साेधेका लामिछाने बुधबार अनुगमनका लागि विभाग नै पुगका हुन्। उपप्रधान तथा गृहमन्त्रीकाे रुपमा लामिछानेले साेमबार मात्र शपथ लिएका थिए।
पुष १३, २०७९ बुधबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।