नेपाल टी- ट्वान्टी लिगमा पाेखराकाे लगातार चाैथाे हार, विराटनगरले जित्याे पहिलाे खेल

काठमाडाैं। नेपाल टी- ट्वान्टी लिग क्रिकेट प्रतियाेगितामा पाेखरा एभेन्जर्सले लगातार चाेथाे हार भाेगकाे छ। बुधबारकाे खेलमा विराटनगर सुपर किंग्सले पोखरालाई ६ विकेटले हरायाे। विराटनगरकाे लिगमा याे पहिलाे जित हाे।
पाेखराले जितको लागि दिएकाे १४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायाे। विराटनगरका लागि पाकिस्तानी खेलाडी हुसेन तालत ३० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक अविजित ५० रनकाे याेगदान दिए।
त्यसैगरी, ओपनर अर्जुन साउदले २५ रन बनाएका थिए। पोखराका लागि कुशल मल्ल र शरद भेषावकरले २-२ विकेट लिए।
यसअघि, टीयु क्रिकेट मैदानमा केहि ढिलो सुरु भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरकाे पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो।
पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाउँदा सिद्धान्त लोहनीले रनकाे याेगदान दिएका थिए।
याे लगातार चाैथाे हारपछि पाेखरा लिगकाे अन्तिम स्थानमा छ भने पहिलाे जित निकालेकाे विराटनगर तेस्राे स्थानमा उक्लिएकाे छ। चारै खेल जितकाे लुम्बिनी ४ खेलमा पूर्ण ८ अंकका साथ शीर्षस्थानमा छ ।
पुष १३, २०७९ बुधबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।