कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा लामा विजयी

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा लामा विजयी

हेटौंडाः नेपाली कांग्रेसकाे बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। बुधबार हेटौंडामा भएको निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ५ मतले पराजित गर्दै लामा विजयी भएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाले कुल २१ मत ल्याए भने बानियाँले १६ मत मात्रै पाए। यी दुवै जना सर्वसम्मत रुपमा दलको नेता चयन गर्न असहमत भएपछि निर्वाचन भएको थियाे।

पुष १३, २०७९ बुधबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।