चीनको राजमार्गमा करिब दुई सय सवारी साधन एकआपसमा ठोक्किए, बाक्लो कुहिरोका कारण दुर्घटना

चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौं सवारी साधन दुर्घटनाग्रस्त भएका छन्। चिनियाँ मिडिया सीसीटीभीका अनुसार बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिंदा दुर्घटनाग्रस्त सयौं यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ।अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही सवारी साधन दुर्घटनाका कारण टुक्रा टुक्रा भएको पनि देखिएको छ।
हेनान प्रान्तको झेङझोउ शहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा २०० वटा सवारी साधन दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पुष १३, २०७९ बुधबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।