घुरबाट सल्केको आगोले जलेर गोठमा सुतेका एक वृद्धको मृत्यु

घुरबाट सल्केको आगोले जलेर गोठमा सुतेका एक वृद्धको मृत्यु

सप्तरी। सप्तरीमा गए राति आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन्। घुरबाट सल्केको आगोले भैंसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउतकाे मुत्यु भएकाे हाे।

हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव पनि आगलागीमा परेर घाइते भएका इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगाे र एउटा भैंसीसमेत जलेर मरेका छन्। यसैगरी दुई भैंसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए। 

पुष १३, २०७९ बुधबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।