काेहाेली र राेहित दुवै परेनन् भारतकाे टी-ट्वान्टी टिममा , हार्दिक पाण्डे कप्तान

एजेन्सी। पूर्व कप्तानहरू विराट काेहाेली र राेहित शर्मा दुवै भारतकाे टी-ट्वान्टी टिमबाट बाहिरिएका छन्। श्रीलंकासँगकाे तीन खेलकाे सिरिजका लागि भारतीय क्रिकेट बाेर्डले निकालेकाे खेलाडीकाे सूचिमा यी दुवै खेलाडी परेका छैनन्।
त्यसैगरी, नियमित ओपनर केएल राहुल पनि याे पटक टिममा पर्न सकेनन्। अब भारतीय टी-ट्वान्टी टिमकाे कप्तानी भने हार्दिक पाण्डेले गर्ने भएका छन्।
काेहाेली र राेहित दुवै एकदिवसीय टिममा भने रहने छन्। एकदिवसीय टिमकाे कप्तानी भने राेहितले नै गर्ने भएका छन्। त्यस्तै, विष्फाेटक ब्याटिकका कारण चर्चामा रहने विकेट किपर ब्याटर रिषभ पन्त भने टी-ट्वान्टी र एकदिवसीय दुवै टिममा पर्न सकेनन्।
टी-ट्वान्टी विश्वकपमा गरेकाे खराब प्रदशर्नका कारण भारतीय क्रिकेट बाेर्डले टिममा धेरै परिवर्तन गर्दै युवा खेलाडीहरूलाई माैका दिएकाे हाे।
पुष १३, २०७९ बुधबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।