धनुषामा गुडिरहेको रेलमा दौडिएर चढ्न खोज्दा रेलले किचेर एक जनाकाे मृत्यु

धनुषामा गुडिरहेको रेलमा दौडिएर चढ्न खोज्दा रेलले किचेर एक जनाकाे मृत्यु

धनुषा। दौडिएर रेल चढ्न खोज्दा दुर्घटनामा परेर धनुषामा आज (बुधबार) एक जनाको मृत्यु भएको छ। जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले बैदेही स्टेसनमा किच्दा ३४ वर्षीय पुरण सदाको मृत्यु भएको हो।

बुधबार बिहान धनुषा नगराइन नगरपालिका- २ राघोपुरका सदा बैदेही स्टेसनमा गुडिरहेको रेलमा दौडिएर चढ्न खोज्दा चिप्लिएर लिकमा लडेका थिए।

यसपछि वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको प्रहरीले जनाएकाे छ। दुर्घटनापछि रेल जनकपुर आएर पुन: जयनगरतर्फ फर्किसकेको छ।

पुष १३, २०७९ बुधबार १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।